My Self Busy on Making Busy Life

sdf

Advertisements

first aid uses and importance

प्राथमिक उपचारः एक परिचय र महत्व

सुनिल बराल(उत्कृष्ट प्राथमिक उपचार स्वयंसेवक २०७२/७३)

परिचयः2-pics-2_edited

सामान्यतयः दैनिक जीवनयापनका क्रममा साना–तिना चोटपटक लाग्दछन् । जसको हामी घरमा वा आफै हेरचाह तथा उपचार गर्दछौं । तर कहिले काहि हामीले कल्पना नगरेका विभिन्न दुर्घटनाहरु घट्न सक्दछन्, त्यस्ता घटनाहरु हामीले देखेका, सुनेका र अनुभव गरेका छौं । यसरी साना वा ठूला चोटपटक वा घाउ लाग्दा स्थानीय स्तरमा प्राप्त साधन र श्रोतको प्रयोग गरी सम्भव भए सम्मका सहयोग र प्रयत्न गर्दै घाइते वा बिरामीलाई स्वास्थ्य संस्था वा अस्पताल लानु पर्दछ वा लगिन्छ । यसरी घटनास्थलबाट स्वास्थ्य संस्था वा अस्पताल पु¥याउन पूर्व गरिने स्यहार, सेवा आदिलाई सामान्यतयः प्राथमिक उपचार भन्ने गरिन्छ ।

प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वस्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचार बुझिन्छ । प्राथमिक उपचार भनेको प्रथम उपचार वा सुरुमा गरिने उपचार हो । कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामाग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ । दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार, प्राथमिक उपचार हो । प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रुपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ ।

प्राथमिक उपचार सेवाको क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्दै आएको नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार सम्बन्धि परिभाषालाई यहाँ प्रस्तुत गरिनु सान्दर्भिक हुन्छ । रेडक्रसको प्राथमिक उपचार स्वयम्सेवक निर्देशिका–२०६० अनुसार, “घाइते वा बिरामीलाई तत्काल उपलब्ध स्थानीय साधन र श्रोतहरुको प्रयोग गरी, सुरक्षा नियमका  आधारमा,  दक्ष चिकित्सा नपाउँदासम्म, गरिने स्यहार वा सुसार नै प्राथमिक उपचार हो । ”

यी माथिका २ परिभाषालाई हेर्दा प्राथमिक उपचार भन्नाले बिरामी वा घाइते मानिसलाई दक्ष चिकित्सा सेवा उपलव्ध हुने स्थानसम्म पु¥याउन पूर्व गरिने उपचार, स्यहार, सुसार आदिलाई प्राथमिक उपचार भनिन्छ । प्राथमिक उपचार सेवा डाक्टरले जस्तो विभिन्न औषधीहरु प्रयोग, अपरेशन आदि  गरी गरिने उपचार होइन् । स्वास्थ्य संस्था वा अस्पताल पु¥याउन पूर्व जोखिम कम गर्न, सान्तवना दिन र हौसला प्रदान गर्न गरिने सामान्य उचपार वा प्रयासलाई बुझ्नु पर्दछ । यो सेवामा स्थानीय स्तरमा उपलव्ध सामाग्रीहरुको प्रयोग गरी जोखिम कम गर्ने प्रयास गरिन्छ । जस्तैः हाड भाँचिए बाँस, कार्टुन आदि प्रयोग गरी काम्रो बाध्ने, कुनै अंग काटिएर रगत बगेमा रक्तश्राव रोक्न सफा कपडा वा पट्टी प्रयोग गरी रक्तश्राव रोक्ने आदि कार्य गरिन्छ । प्राथमिक उपचार पश्चातः आवश्यक अन्य उपचार र सेवाका लागि तुरुन्त अस्पताल वा स्वास्थ्य संस्था लाने काम गरिन्छ वा सल्लाह दिइन्छ ।

उदेश्यः प्राथमिक उपचारका मूख्य तीन उद्देश्यहरु निम्नानुसार छन्

१. जीवन बचाउनु,

२. अवस्था झन्झन् बिग्रन नदिनु

३. अवस्थामा सुधार ल्याउनु

प्राथमिक उपारका सिद्धान्तहरुः नेपाल रेडक्रस सोसाइटीको  प्राथमिक उपचार स्वयम्सेवक निर्देशिका अनुसार, प्राथमिक उपचारकले घाइते वा बिरामीको प्राथमिक उपचार गर्दा निश्चित सिद्धान्तमा आधारित रहेर गर्नुपर्छ । ती सिद्धान्तहरु निम्नानुसार छन्ः

१. सुरक्षा प्रथमः घाइते वा बिरामीको प्राथमिक उपचार गर्दा उपचारकले पहिले आफ्नो सुरक्षालाई प्राथमिकता दिनुपर्छ । त्यसपछि घाइतेको र रमितेको सुरक्षाको बारेमा समेत ध्यान दिनुपर्दछ ।

२. अस्थायी हेरचाहः दुर्घटनामा प्रभावित वा बिरामीले दक्ष चिकित्सकको सेवा नपाउन्जेलसम्म गरिने स्याहार–सुसार अस्थायी हेरचाह हो । यस अवस्थामा एउटा प्राथमिक उपचारकले दक्ष उपचारको स्थान लिंदैन ।

३. मानवतामा आधारित नैतिक सहयोगः प्राथमिक उपचार गर्न कसैलाई कानुनी रुपमा वाध्य गराउन सकिदैन । तर समुदायमा रहेका सुख–दुःख बाँडचुँड गर्ने चलन अनुसार दुर्घटनामा चोटपटक लागेका असहाय व्यक्तिलाई सहयोग गर्नु आफ्नो नैतिक र मानवीय कर्तव्य ठानेर प्राथमिक उपचार गरिएको हुन्छ । यस अर्थमा प्राथमिक उपचारलाई मानवतामा आधारित सहयोग मान्न सकिन्छ ।

४. निष्पक्षताः प्राथमिक उपचारकले कुनै पनि आधारमा भेदभाव नगरी घाइतेलाई निष्पक्ष सेवा पु¥याउँदछ । तर यसको अर्थ प्राथमिकताका आधारमा जसलाई जे बढी आवश्यक हुन्छ सो अनुसार सेवा प्रदान गर्नु पनि हो । यस्तै प्रकारले प्राथमिक उपचारकले धेरै घाइते वा बिरामी भेटेको स्थितिमा पनि सबैभन्दा गम्भिरलाई पहिलो प्राथमिकता दिने गरी आफ्नो सेवा अगाडि बढाउनु पर्दछ । जस्तैः टाउको मा चोट लागेको र हात भाचिएको मध्ये प्राथमिकताको आधारमा टाउकोमा चोट लागेको व्यक्तिलाई उपचार गर्न पर्दछ ।

५. तटस्थताः कुनै–कुनै दुर्घटना हुनुमा विवादास्पद कारण हुन सक्छ । सडक दुर्घटना भए चालक वा यात्रु मध्ये कसैको त्रुटिको कारणले दुर्घटना भएको हुनसक्छ । हुलदङ्गा भए साम्प्रदायिक, राजनीतिक आदि विवादका मुल कारण हुनसक्छन् । यस्तो विवादास्पद अवस्थामा प्राथमिक उपचारकले उपचारबाहेक घटनाको कारणको विश्लेषण गर्ने, ठीक–बेठीकमा आफ्नो मनसाय व्यक्त गर्ने र न्यायिक प्रक्रियामा भाग लिने कार्य गर्दैन । किन भने प्राथमिक उपचार तटस्थतामा आधारित सेवा मानिन्छ ।

यसका अतिरिक्त राजनीतिप्रेरित द्वन्द्वात्मक परिस्थितिमा प्राथमिक उपचारकको रुपमा अघिसर्ने व्यक्तिलाई राजनीतिक दृष्टिकोणले पनि तटस्थ व्यक्ति हुनुपर्ने अपेक्षा राखेको पाइन्छ । त्यसैले प्राथमिक उपचारक तटस्थ रहेमा उसले सबै पक्षबाट सहयोग र विश्वास प्राप्त गर्न सक्दछ ।

६. एैच्छिक सेवाः प्राथमिक उपचार सेवा स्वेच्छाले गरिने सहयोग हो , यो आर्थिक लाभबाट नभई विशुद्ध सेवाको भावनाले गरिन्छ ।

प्राथमिक उपचारकको जिम्मेबारीः­

निर्देशिका अनुसार प्राथमिक उपचारकको जिम्मेबारी निम्मनानुसार हुन्छन्

१. सुरक्षाको स्थिति सुनिश्चित गर्नेः दुर्घटनास्थलमा खतराहरु भए–नभएको पहिल्याउने, आफू र घाइते साथै अन्य व्यक्तिको स्थिति सुरक्षित पार्ने कार्य प्राथमिक उपचार गर्ने व्यक्तिको प्रथम दायित्व मानिन्छ ।

२. उपलब्ध साधन र श्रोतहरुको उपयोग गर्नेः प्राथमिक उपचार गर्ने व्यक्ति दुर्घटनास्थलमा पुग्दा उसलाई आफ्नो कार्य गर्ने क्रममा अन्य सहयोग, थप साधन र सामाग्रीहरुको आवश्यकता पर्न सक्छ । यस प्रकार ठाउँ अनुसार स्थानीय व्यक्ति, साधन र सामाग्रीहरुको उपयोग गरेर आफ्नो सेवालाई सफल पार्ने दायित्व प्राथमिक उपचारकको हुन्छ ।

३. जाँच÷परीक्षण गर्नेः प्राथमिक उपचाकले घाइते वा बिरामीहरुलाई समस्या र अवस्था अनुसार घाइते वा बिरामीको अवस्था र यसका कारण बुझेर प्राथमिक उपचार गर्नुपर्ने भएकाले प्राथमिकतानुसार जाँच गर्नुपर्ने हुन्छ । जस्तैः दुर्घटनामा भएका घाइतेलाई टाउका देखि पाइतलासम्म जताततै चोट लागेको हुनसक्दछ । जोखिमका आधारमा विचार गर्ने हो भने टाउकाको घाउ अन्य भागमा लागेको घाउ–चोटभन्दा जीवनका लागि जोखिमपूर्ण हुन्छ । यसकारण प्राथमिक उपचारकले प्राथमिकताका आधारमा टाउको पहिला र क्रमशः छाती, पेट देखि खुट्टातर्फ प्राथमिक उपचार गर्नुपर्दछ ।

४. प्राथमिक उपचार गर्नेः प्राथमिक उपचारकले जाँच कार्य सके पछि प्राथमिकता अनुसार घाइतेको जीवन बचाउने, अवस्था बिग्रन नदिने र अवस्था सुधार गर्ने कार्यमा सहयोग पुग्ने गरी प्राथमिक उपचार गर्नुपर्दछ ।

५. ओसार्नेः घाइतेको अवस्था अनुसार चिकित्सकलाई घटनास्थलमै बोलाउने हो वा स्ट्रेचर वा एम्बुलेन्समा अस्पताल लैजाने हो बुझेर आवश्यक व्यवस्था गर्ने वा गराउने जिम्मेवारी प्राथमिक उपचारकको हुन्छ ।

६. विवरण दिनेः घाइतेलाई घटनास्थलबाट अस्पताल पु¥याइसके पछि पनि चिकित्सकलाई प्राथमिक उपचारकले उसको विवरण दिनुपर्ने हुन्छ । जसले स्वास्थ्यकर्मी वा चिकित्सकलाई आवश्यक उपचार चाडो सुरु गर्न मद्दत मिल्दछ । जस्तैः घाइतेको नाम, ठेगाना, समस्या, समय, गरेको प्राथमिक उपचार आदि ।

महत्वः 

प्राथमिक उपचार दैनिक जीवनमा अवश्यक पर्ने एक महत्वपूर्ण ज्ञान र सीप हो । भनिन्छ नि, दुर्घटना कहिले पनि जनाएर आउदैन । त्यसैले घर, कार्यालय, यातायातका साधनहरु, पसलमा प्राथमिक उपचारका लागि आवश्यक प्राथमिक उपचार बक्स राख्नु जरुरी वा बुद्धिमता हुन्छ । जहाँ, घाउ, चोटपटक, हाड भाचिदा वा मर्कदा प्रयोग गर्न सकिने आधारभूत सामाग्रीहरु जस्तै पट्टीहरु(पुछ्रे, रोलर, क्रेप, तीनकुने आदि) , गज प्याड, हेण्डीपलाष्ट, डिटोल, वेटाडिन आदि राख्नु लाभदायिक हुन्छ । प्राथमिक उपचार सामाग्री र आधारभूत सीप÷ज्ञान भए आफ्नो परिवार, आफन्त, साथीभाइ आदिको ज्यान बचाउन वा स्वास्थ्य चौकी÷अस्पताल सम्म पु¥याउन सजिलो हुनेछ । तर, हाम्रो घर, कार्यालय, विद्यालय, सवारी साधन आदिमा न्यून्तम् सामाग्रीहरु सहितको प्राथमिक उपचार बक्स राख्न हामी हेलचेक्राई गर्दछौं । प्राथमिक उपचारको महत्व र अवाश्यकताको विषयमा हामी सबैलाई जानकारी भएको विषय बस्तु हो । तथापी, प्राथमिक उपचारका महत्वको विषयमा तलका मूख्य बुदाँहरुमा चर्चा गर्ने अनुमति चाहान्छु ।

१. जीवन रक्षाः प्राथमिक उपचार सेवा वा ज्ञानले दुर्घटनाका घाइते वा बिरामीलाई स्वास्थ्य संस्था वा अस्पताल पु¥याउन पूर्व जीवन रक्षाका लागि प्राथमिकताका आधारमा आवश्यक प्राथमिक उपचार वा रोकथाम गर्न मद्दत गर्दछ । साथै घाइतेको ओसार–प्रसारको सुरक्षित माध्यम निधारण गरी कम जोखिमपूर्ण माध्यमबाट सुरक्षित साथ अस्पताल वा स्वास्थ्य संस्था लैजान मद्दत गर्दछ । जस्तैः कुनै रक्तश्राव भएको घाइते वा बिरामीको रक्तश्राव समयमा नै रोक्न नसके धेरै रगत बगेर रगतको कमि हुन गई मृत्यु हुन सक्ने वा अन्य जटिलता देखिन सक्छ । त्यसकारण जटिलता कम गर्न र जीवन रक्षाको लागि प्राथमिक उपचारको ज्ञान वा सीप महत्वपूर्ण हुन्छ ।

२. जोखिम कम गर्नुः प्राथमिक  उपचारको ज्ञान वा सीपले  कुनै घाइते वा बिरामीको स्वास्थ्य अवस्था, घाउ आदिको अवस्था हेरी प्राथमिकताका आधारमा प्राथमिक उपचार गर्न मद्दत पु¥याउदछ । जसले घाइतेका अवस्थालाई स्थिर राख्न, आवश्यक विकल्पका बारेमा सोच्न र निर्णय लिन र आवश्यक प्राथमिक उपचार वा रोकथाम गर्न मद्दत गर्दछ । जसले घाउ वा चोट–पटकबाट उत्पन्न हुने जोखिम कम गर्न, संक्रमणबाट बचाउन, हाड भाचिएको अवस्थामा हाडहरुलाई स्थिर राख्न, सर्पले टोकेको अवस्थामा पट्टीको माध्यबाट रक्तश्रावको प्रवाहलाई कम गर्न र रक्तश्राव भएको अवस्थामा रक्तश्राव रोक्न चाप दिने, उठाउने  तथा पट्टी बाध्ने आदि बैकल्पिक उपायहरु अवलम्बन गर्न प्रेरित र सहयोग गर्दछ ।

३. मनोबैज्ञानिक परामर्श दिनुः प्राथमिक उपचारको ज्ञान वा सीपले घाइते वा बिरामीलाई आवश्यक मनोबैज्ञानिक परामर्श दिन सहयोग गर्दछ । कुनै व्यक्ति वा परिवार यदि दुर्घटनमा परेमा उक्त घाइते व्यक्ति र उनीहरुको परिवार आत्तिने , हडवडाउने, बेहोस हुने आदि समस्याहरु देखा पर्दछ । यस्तो समस्या न्यूनिकरणका लागि बिरामी वा घाइतेलाई सान्तवना दिने, केहि भएको छैन, चिन्ता लिनु पर्दैन भन्दै ढाड्स दिने र सम्झाउने कार्य गर्न जरुरी हुन्छ । यदि यसो नगरिएको खण्डमा आत्तिएर, चिन्ता लिएर थप खतरा वा जोखिम देखा पर्न सक्दछ । जस्तैः क्षोभ हुने, हृद्यघात हुने समस्याहरु देखा पर्न सक्दछ । जसले थप तनावको वातावरण सिर्जना गर्दछ । यहाँ, सर्पले टोकेको अवस्थाको बारेमा चर्चा गरिनु उपयुक्त हुन्छ । यदि कुनै व्यक्तिलाई सर्पले टोकेमा उक्त व्यक्ति आत्तिने र हडबडाउने हुन्छ । जसले गर्दा उसको मुटुको धड्कन झन बढ्न जान्छ । जसले गर्दा रगतको प्रवाह अझ बढ्दछ । जसले गर्दा टोकिएको स्थानबाट विष रगतको माध्यबाट मष्तिस्क वा शरिरका अन्य भागहरुमा चाडै फैलिन्छ । जसले गर्दा जोखिम सिर्जना हुन्छ वा विरामीको मृत्यु सम्म हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा उक्त बिरामीलाई सान्तवना दिदै, प्राथमिक उपचार गरी अस्पताल पु¥याई उसको ज्यान बचाउन सकिन्छ । साथै सर्पले टोकेको बिरामीलाई निदाउन दिनु हुदैन । यदि निदाएका खण्डमा उसको मष्तिस्कलाई चाडै विषले प्रभाव पार्न सक्ने हुदाँ उसलाई निदाउन दिनु हुदैन । यस्तो ज्ञान वा कला सबै  मानिसमा नहुने हुदाँ प्राथमिक उपचारको ज्ञान वा सीपले यी कुरा बुझ्न र व्यवहारमा प्रयोग गर्न मद्दत गर्दछ ।

४. वैज्ञानिक सीपः प्राथमिक उपचार एक कला हो । यसलाई आफ्नो लगन र ज्ञानको आधारमा अभिबृद्धि गर्न र परिस्कृत गर्न सकिन्छ । साथै यो विज्ञानमा आधारित सिकाइ वा सीप हो । यहाँ प्रयोग गरिने हरेक विधि र उपायहरुको वैज्ञानिक कारण वा तर्क हुने गर्दछ । जसले गर्दा घाइते वा विरामीको प्राथमिक उपचार सहि र जोखिम रहित हुने गर्दछ । त्यसकारण प्राथमिक उपचारको ज्ञान वा सीप लिनु, सिक्नु आवश्यक र महत्वपूर्ण छ । जस्तैः सामान्य वा स्थानीय विधि अनुसार नाकबाट रक्तश्राव वा रगत बगेमा नाकलाई आकाश तर्फ फरकाई राख्न सुझाव दिइन्छ वा राख्न लगाइन्छ । तर प्राथमिक उपचारको औपचारिक शिक्षा वा तालिम लिएको व्यक्तिले यस्तो अवस्थामा उक्त (नाकबाट रक्तश्राव भएको) व्यक्तिलाई नाक हातका औलाले बन्द गर्न लागाई जमिन तिर निहुरेर बस्न लगाउछन् र सास फेर्न सजिलो होस भनेर मुखमा मकैको खोया, कलम, मार्कर आदि दह्रो बस्तु दातले टोक्न लगाउछन् । अब प्रश्न उठ्छ, कि यसको बैज्ञानिक कारण सहितको उत्तर पनि छ, उक्त रक्तश्राव भएको व्यक्तिलाई नाक आकाश तिर पार्न लगाएमा रगत मष्तिस्क तर्फ जाने र मष्तिस्कको नजिक गएर जम्ने साथै सफा गर्न गाह्रो हुने हुन्छ । जसले गर्दा थप समस्या देखा पर्न सक्दछ । तर यदि उक्त व्यक्तिलाई नाक समाई जमिन तर्फ निहुरेर बस्न लगाउने हो भने रगत आफै जम्दछ । रक्तश्राव बन्द भएपछि नाको टुप्पामा आएर जमेको रगतलाई सजिलै संग सफा कपडा  र पानीको सहयोगमा सफा गर्न सकिन्छ । साथै यसो गर्दा कुनै पनि जोखिम देखा पर्दैन । यो त एक प्रतिनिधि उदाहरण मात्र हो।  प्राथमिक उपचारको तालिम वा सीपमा यस्ता विभिन्न वैज्ञानिक विधि र कारण सहितको सीप र ज्ञान प्रदान गरिन्छ । प्राथमिक उपचारको महत्वको विषयमा जति जर्चा गरे पनि कम हुन्छ । त्यस कारण अहिलेलाई यसको महत्वलाई माथि उल्लेख गरिएको चार बुदाँमा समिति गर्ने अनुमति चाहान्छु ।